पाँचथर, ६ मंसिर । नेपाल कम्युनिष्ट पार्टि एमालेको जनबर्गीय संघठन लोकतान्त्रिक लिम्बू संघका केन्द्रीय सदस्य महेन्द्र सेलिङ नेपाली कांग्रेसमा प्रबेश गर्नूभएको छ ।
उहाँ आइतवार औपचारिक रुपमै कांग्रेसमा प्रवेश गर्नुभएको हो ।
लोकतान्त्रिक लिम्बू संगठनका जिल्ला अध्यक्ष तथा एमाले इलाका उपाध्यक्ष समेत रहेका सेलिङले बाम एकताका नाममा एमालेले आफ्नै कार्यकर्ताको आँखामा छारो हालेको आरोप लगाँउदै नेपाली कांग्र्र्रेसमा प्रबेश गर्नुभएको हो ।
सेलिङ याङवरक गाँउ पालिका नेकपा एमाले सचिवालय सदस्य पनि हुनुहुन्थ्यो ।
सेलिङलाई कांग्रेस केन्द्रीय सदस्य तथा पाँचथरवाट प्रतिनिधि सभा सदस्य उम्मेद्वार भिष्मराज आङदेम्वे र जिल्ला सभापति तथा प्रदेश क का उम्मेद्वार नरेन्द्रकुमार केरुङले सदस्यता दिँदै पार्टि प्रबेश गराँउनुभएको थियो ।
लोकतान्त्रिक गठवन्धनले पाँचथरको नाँगी स्थित परेवाडाँडामा चुनावी सभा सम्पन्न गरेको छ । सभालाई सम्वोधन गर्दे वक्ताहरुले लोकतान्त्रिक गठवन्धनले भोली चुनाव जितेको खण्डमा त्यस ठाउँको भौतिक पूर्वाधार विकाश,र पर्यटन क्षेत्रको विकाश गर्ने वताएका छन् ।
कार्यक्रममा लोकतान्त्रिक गठवन्धन पाँचथरका प्रतिनिधी सभाका उम्मेद्धवार भिष्मराज आङदेम्बे, पाँचथर प्रदेश सभा (क) का उम्मेद्धवार नरेन्द्र केरुङ काग्रेस पाँचथर जिल्ला सचिव रुपनारायण जवेगु, राप्रपाको तर्फबाट प्रतिनिधि सभाको समानुपातिक उम्मेद्धवार तथा राप्रपा केन्द्रिय सदस्य सुनिता कुरुम्बाङ, राप्रपा सहमहान्त्री सगुनसुन्दर लावती, राप्रपा नेतृ बबिना मोक्तान लगायतले वोल्नुभएको थियो ।
यस्तै लोकतान्त्रिक गठवन्धनले पाँचथरको सराङडाँडा स्थित खान्द्रोङमा चुनावी कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा लोकतान्त्रिक गठवन्धनका उम्मेद्धवारले निर्वाचनमा जिताएपछि यो क्षेत्रको बाटोघाटो, खानेपानी, विजुली,शिक्षा र स्वास्थ्य सेवा सुविधा पुर्याएर गाउँलाई समृद्ध गाउँ बनाउने वचन दिनुभएको थियो ।
कार्यक्रममा लोकतान्त्रिक गठवन्धनवाट पाँचथरको प्रदेश सभा (ख) का उम्मेद्धवार सुरेन्द्र कुमार दाहाल, पाटीका जिल्ला कोषाध्यक्ष जयकुमार ढकाल,क्षेत्रिय सभापति बम लावती,पाटीका सराङडाँडा सभापति सन्तोष शेर्मा,राप्रपा प्रजातान्त्रिकका जिल्ला सचिव कमल राई,जिल्ला सदस्य जितबहादुर अगुवा,काग्रेसका नेता गंगा आङदेम्बे लगायतले वोल्नुभएको थियो ।