काठमाडौँ, ५ मंसिर । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले २०७४ साल जेठमा सन्चालन गरेको शिक्षा शास्त्र संकायतर्फ तीन वर्षे स्नातक तह तृतीय वर्षको परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ ।
कुल ५३ हजार एक सय ५१ जना परीक्षार्थी मध्ये १९ हजार ३ सय ७० जना विद्यार्थी परीक्षामा उत्तीर्ण भएका जनाएको छ । पास हुनेहरु कुल परीक्षार्थी मध्ये ३६.४४ प्रतिशत हो ।
परीक्षाको नतिजा द्यभ्म् लेखेर ४९४९ मा एसएमएस गरेर थाहा पाउन सकिन्छ । एजुसन्जालमा खबर छ ।