बाम-गठबन्धनका उम्मेदवारहरु क्रमश: तिवारी, खापुङ र कन्दङवा ।

 

तेह्रथुम, ५ मंसिर । संयुक्त बाम गठवन्धनले तेह्रथुममा चुनाव प्रचार प्रसारलाई तिव्रता दिएको छ । आगामी मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेश सभा चुनावमा विजयका लागि उम्मेदवारहरु संगठन, परिचालन र प्रशिक्षण गर्दै गाउँ दौडाहामा छन् ।

जिल्लादेखि विभिन्न गाउँपालिका, नगरपालिका र वडास्तर सम्म गठवन्धनका सबै संगठन समितिहरु निर्माण गर्दै चुनाव प्रचार प्रसारलाई तिव्रता दिइएको चुनाव परिचालन कमिटीका जिल्ला संयोजक दुर्गाप्रसाद चापागाईले बताउनुभयो । निर्वाचन प्रचार प्रसारको क्रममा मंगलबार मेन्छ्यायेम गाउपालिकाको पौठाकमा चुनावी प्रचार कार्यक्रम भएको छ ।

सभामा गठबन्धनका लागि प्रत्यक्ष उम्मेदवार नेकपा एमालेका नेता भवानीप्रसाद खापुङ्गले जिल्लाको विकास र समृद्धिका लागि आफुलाई विजयी गराउन आग्रह गर्नुभएको छ । कार्यक्रममा चुनाव परिचालन कमिटीका संयोजक तथा माओवादी जिल्ला इन्चार्ज चापागाई, एमाले नेतृ तथा पुर्वसांसद विष्णुमाया विक, जिविस पुर्वसभापति किशोरचन्द्र दुलाल, शिक्षक संघठनका केन्द्रीय सदस्य गोविन्दराज श्रेष्ठ, नेता विश्वराज खापुङ, एमाले जिल्ला सदस्य तथा युवा नेता केशवकुमार भट्टराई, माओवादी केन्द्रका नेता तारा भट्टराई, दधिराम पन्धाक, डम्बर पन्धाक लगायत नेताहरुले बोल्नुभएको छ ।

यता लालीगुराँस नगरपालिका–४, फुलेकमा पनि बाम गठबन्धनको संयुक्त चुनावी सभा भएको छ । सभालाई सम्बोधन गर्दै प्रदेश सभा (क) क्षेत्रका प्रत्यक्ष उम्मेदवार एमाले जिल्ला अध्यक्ष लक्ष्मण तिवारीले आफुहरुको गठबन्धनले जितेमा नेपालमा राजनीतिक स्थायित्व, संविधानसभा कार्यान्वयन गर्दै कृषि, पर्यटन, पुर्वाधार विकासमा भूमिका निर्वाह गर्ने बताउनुभयो । अध्यक्ष तिवारीले शिक्षा, स्वास्थ्य, खानेपानी र मोटरबाटो निर्माण गरी आफ्नो क्षेत्रमा आमुल परीवर्तन गर्ने योजनामा दाबी गर्नुभयो ।

कार्यक्रममा प्रदेश सभाका समानुपातिक उम्मेदवार केन्द्रीय प्रचार विभाग सदस्य तथा प्रदेश सदस्य अनुभूतिबम नेपाली, छथर गाउपालिकाका अध्यक्ष सन्तोष तिगेला, उपाध्यक्ष तारा ढकाल, एमालेका धर्म खुलाल, माओवादी केन्द्रका जिल्ला सह–संयोजक गणेश सेनेहाङ लगायतले मन्तव्य राख्नुभयो ।
बाम–गठबन्धनले आठराई गाउँपालिका–२, खाम्लालुङ्गमा पनि चुनावी सभा गरेको छ ।

कार्यक्रममा प्रदेश सभा (ख) क्षेत्रका उम्मेदवार एमाले पुर्वजिल्ला अध्यक्ष तेजमान कन्दङ्गवा र प्रतिनिधि सभाका समानुपातिक उमेदवार शुशिला कन्दङ्गवाले बाम–गठवन्धनको जितले मात्र सवै जातजाति, भाषा, धर्म र सस्कृतिप्रति सम्मान हुने धारणा राख्नुभयो । कार्यक्रममा आठराई गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बु, उपाध्यक्ष रुपादेवी कन्ङ्गवा, नेता बाबुराम थापा, आठराई गाउँपालिका एमाले संगठन कमिटी संयोजक भीम घिमिरे, माओवादी केन्द्रका नेता चुडामणी बराल मन्तव्य राख्नुभएको थियो ।

यसैबीच संयुक्त बाम–गठबन्धन जिल्ला संयोजन समिति तेह्रथुमले सोमबार लालीगुराँस नगरपालिका–१ मा भेटिएको शंकास्पद विष्फोटक बस्तु प्रतिपक्षीले राखेको भन्दै कांग्रेस उम्मेदवारहरुले लगाएको आरोपप्रति गम्भीर आपत्ति जनाएको छ । गठबन्धनले मंगलबार एक प्रेश विज्ञप्ति जारी गर्दै बाम–गठबन्धनले त्यस्तो कार्य नगरेको र मतदाता माझ त्यस्तो भ्रम नछर्न भनेको छ । बाम गठबन्धनले जिल्लामा आफ्नो पक्षमा जनलहर बढेको विज्ञप्ति मार्फत् दाबी गरेको छ ।

पत्रकार कृष्ण विदुखी गौतमको सहयोगमा ।

तपाईको प्रतिक्रिया