तेह्रथुम, ५ मंसिर । नेपाली कांग्रेसकी युवा नेतृ तथा भौतिक पुर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुुरुङले तेह्रथुमे जनताको सबैभन्दा ठुलो शत्रु गरिबी, अशिक्षा र भौगोलिक विकटता भएको बताउनुभएको छ ।
‘हाम्रा मुख्य शत्रु गरिबी, अशिक्षा र भौगोलिक विकटता हुन्, ती शत्रुसँग जुध्नु अहिलेको प्रमुख आवश्यकता हो,’ जिल्लाबाट प्रतिनिधि सभामा प्रत्यक्ष उम्मेदवार समेत रहनुभएकी नेतृ गुरुङले भन्नुभयो ।
उहाँले त्यस्ता समस्याहरुको निदानका लागि नेपाली कांग्रेसले स्पष्ट खाका र योजनासहित चुनावी अभियानमा होमिएको बताउनुभयो । मंगलबार लालीगुराँस नगरपालिका–६, सुङनाम र म्याङलुङ्ग नगरपालिका–३, ४ र ५ मा भएका छुट्टा–छुट्टै कार्यक्रममा सम्बोधन गर्र्दै नेतृ गुरुङले कांग्रेसले जनताको जनजिविका सुधार्न हरबखत् प्रतिवद्ध रहेको बताउनुभयो ।