संखुवासभा, ५ मंसिर । संखुवासभाको चैनपुर नगरपालिका–७ का गोपाल भण्डारी मृत फेला परेका छन् । चैनपुर–७ को भण्डारी गाउँका ५८ वर्षीय भण्डारी मृत भेटिएका हुन् ।

उनी गत २४ गते देखि घरबाट वेपत्ता भएका थिए । मंगलबार प्रहरीको टोलीले खोजी गर्ने क्रममा चैनपुर–१० नरकटे भीरमुनी अरुण नदीमा भण्डारीलाई मृत अवस्थामा भेटिएको प्रहरी निरीक्षक वेदप्रसाद गौतमले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया