जनकपुरधाम, मंसिर ५ – भैँसीले एउटा टाउको र चार वटा खुट्टा भएको पाडापाडी जन्माएको सबैलाई थाहै होला । तर धनुषामा भैँसीले दुई वटा टाउको र आठ वटा खुट्टा भएको पाडी जन्माएको छ । धनुषाको नगराईन नगरपालिका-१ फुलगामा खड्का टोलका सिंहेश्वर यादवको भैँसीले मंगलबार बिहान ८ बजे यस्तो पाडी जन्माएको हो ।

पाडीको दुई वटा टाउको र आठ वटा खुट्टा भए पनि जिउ एउटै छ । भैँसीले २ वटा जोडिएको टाउको र आठ वटा खुट्टा भएको पाडी जन्माएपछि हेर्नेको घुँईचो लागेको स्थानीय आशाराम यादवले जानकारी दिनुभयो । पाडी जन्मेको आधा घण्टापछि मरेको छ । मरे पनि अन्य छिमेकी गाउँबाट हेर्न मान्छेहरु आइरहेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया